New Nepali Song - Saili
Singer – Hemant Rana
Download Audio Video
Lyrics – Himal Saud / Kali Prasad BaskotaMusic – Kali Prasad Baskota
Mixed By – Ujwal Shreyan Mahat
Arranger – Rikesh Gurung
Camera/Edit – Ujjwal Joshi
Direction – Hemant Rana
Actor – Gaurav Pahari/ Menuka Pradhan
Camera Assist – Ishwor & Kamlesh
Graphics – Surya Lama
गायक हेमन्त राना ‘साइली’ बोलको गीतबाट फेरि एकपटक चर्चामा आएका छन् । ‘लैजा रे’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा गहिरो छाप छाडेका हेमन्तले फेरि एकपटक ‘साइली’ गीतबाट सबैको मन जितेका छन्।
लामो समयपछि नेपाली आधुनिक गीतले युटुबमा हंगामा मच्चाएको । नेपाली चलचित्रको गीत सांगीतिक बजारमा हाबी भैरहेको समयमा आधुनिक गीतले पनि हंगामा मच्चाएको छ।
यो गीतको भिडियो सार्वजनिक भएसँगै यो नेपालमा नम्बर १ को ट्रेन्डिङमा पनि छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको गीतमा कालिप्रसाद र हिमाल साउदको शब्द छ।
अडियोमै हिट भएको यो गीतको भिडियोले नयाँ रेकर्ड राखेको छ। युटुबमा यो गीत २४ घन्टमै साढे ५ लाख भन्दा बढीले हेरेका छन् । यस्तो रेकर्ड कमै मात्र गीतले राख्ने गरेका छन्।
गीतको भिडियोलाई हेमन्त राना आफैले निर्देशन गरेका हुन्। भिडियोमा गौरव पहारी र मेनुका प्रधानले मोडलिङ गरेका छन्। गीतको शब्द, हेमन्तको गायकी र गीतको मेलोडी उत्कृष्ट छ । जसले गर्दा पनि यो गीतले छोटो समयमै यति धेरै चर्चा पाएको छ।