प्रदेशी गायक भनेर चिनिएका लोकप्रिय गायक सुर्य खड्काले मन छुने नयाँ गीत ल्याएर आएका थिए। बोलको
प्रदेशमा रहेर घरपरिवारको सम्झनाले भरिएको मर्मस्पर्शी ,बैदेशिक रोजगारीको बाध्यताको भावपूर्ण शब्दले भरिएको ‘फोनमा बोल्दा खेरी’ गीतले परदेशी जीवनको यथार्थ र बिछोडको पिडामा छट्पटिएका प्रियजनहरुको ब्यथा भरिएको यथार्थ बोकेको छ । गीतमा गायक खड्कालाई लोकप्रिय गायिका देबी घर्ती मगरले साथ दिएकी छिन।
प्रकाश गौतम र प्रकाश अर्यालको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् भने राजेश घिमिरेले छाँयाङ्कनमा साथ दिएका छन्।
सुपारी म्युजिक प्रालिले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र रुपा कंडेलले अभिनय गरेका छन् । सो गीतमा सम्झनाले ‘मुटु पोल्दाखेरी, त्यसैमाथि रोइदिन्छौं पियारी सात समुन्द्र पारीबाट फोनमा बोल्दा खेरी’ आँशु थाम्नै सक्दिन पियारा सात समुन्द्र पारीबाट फोनमा बोल्दाखेरी जस्ता निकै मनछुने शब्दभाव समेटिएका छन। बेरोजगारीको चरम समस्याबाट गुज्रिरहेको नेपाल र नेपाली युवाहरुको बाध्यता चित्रण गरिएको उक्त गीतले बिदेशमा नेपालीहरुले भोग्नुपरेको यथार्थ बोलेको छ।
उनका गीतहरुले नेपाली मौलिक लोकभाका, नेपाली संस्कृति र नेपालीहरु दुखपिडा बोकेका हुन्छन। परदेशमा रहेर लामो समयदेखि परदेशी नेपालीको भावना समेटिएका गीत गाउन थालेका गायक खड्का अनि यो गित उत्तिकै चर्चित छन।
Supari Music Presents :- Phone Ma Bolda Kheri
Song:- Phone Ma Bolda Kheri
Vocal:- Surya Khadka and Devi Gharti Magar
Download Audio Video
Lyrics:- Prakash Gautam And Parkash aryalMusic:- Surya Shadka
Audio/video:- Supari Music Pvt. Ltd. +9779847224859/9849023002
Director:- Kapil lama
Cinematographer:- Rajesh Ghimire
Editor:- Sujan Shahi
Model:- Bimal Adhakari And Rupa Kandel
Post Production:- Simran Films 9847224859